जेठ २२ – विश्वकप फुटबलको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना, चिली, उरुग्वे र नेदरल्याण्ड्स विजयी भएका छन् भने इंग्ल्याण्डले इक्वेडरसंग बराबरी खेलेको छ । अर्जेन्टिनाले ट्रिनिडाड एण्ड टोबागोलाई ३–० ले हरायो । पहिलो हाफको अन्तिम समयमा रोड्रिगो पालासियोको गोलमा अर्जेन्टिनाले अग्रता लियो । त्यसपछि जाभियर मस्चिरानोले ५१ औं र म्याक्सी रोड्रिगेजले ६४ औं मिनेटमा गोल थपेर टिमलाई सजिलै जित दिलाए । यस्तै आर्जेन रोबेन र जेरेमिन लेन्सले गोल गरेपछि नेदरल्याण्डसले वेल्सलाई २–० ले हरायो । उरुग्वेले पनि स्लोभेनियालाई २–० ले नै हरायो भने चिलीले नर्दन आयरल्याण्डमाथि २–० को जित पायो ।
इंग्ल्याण्डले भने इक्वेडरसंग २–२ को बराबरी खेलेको छ । आठौं मिनेटमा एन्टोनियो भ्यालेन्सियाको गोलबाट इक्वेडरले अग्रता लिएपनि २९ औं मिनेटमा वाइने रोनीले गोल गरेर खेल बराबरीमा ल्याए । दोश्रो हाफको ५१ औं मिनेटमा लाम्बर्टको गोलमा इंग्याल्ण्डले अग्रता लिएपनि माइकल अरुरोले ७० औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए । यस्तै इटलीले लक्जेम्बर्गसंग १–१ तथा जमैकाले इजिप्टसंग २–२ को बराबरी खेल्यो । मैत्रीपूर्ण फूटबल अन्तर्गतका अरु खेलमा अल्जेरियाले रोमानियालाई २–१, हंगेरीले अल्बानियालाई १–० ले र आइसल्याण्डले इस्टोनियालाई १–० ले हरायो । त्यसैगरी जिब्राल्टरले माल्टालाई १–० ले र आइभोरिकोष्टले एल साल्भाडोरलाई २–१ ले हराएको छ । साभार उज्यालो अनलाईन
Post a Comment