जेठ ७ ( इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत मंगलबार रातीको खेलमा कोलकाता नाईट राईडर्स विजयी भएको छ । कोलकाताले चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । घरेलु मैदानमा जितका लागि पाएको १ सय ५५ रनको लक्ष्य कोलकाताले १८ ओभरमा २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकाताको जितमा रोबिन उथप्पाले ६७ र सकिब अल हसनले नटआउट ४६ रनको योगदान गरे । यसअघि पहिले ब्याटिङ्ग गरेको चेन्नईले पुरै २० ओभर खेलेर ४ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । चेन्नईका सुरेश रैनाले सर्वाधिक ६५ रन बनाए । जितपछि कोलकाताको १२ खेलबाट १४ अंक भएको छ । चेन्नईको भने १६ अंक छ । साभार उज्यालो अनलाईन
Subscribe to:
Post Comments (Atom)

Post a Comment