जेठ ७ – स्ववीयु चुनावको विरोध गर्दै आएका अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आज बिहान अनामनगरमा एक गाडीमा आगजनी गरेका छन् । विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष चढ्ने बा १० च ४३८० नम्बरको गाडी अनामनगरमा रहेको मदन भण्डारी मेमोरियल कलेज नजिक आगजनी गरेका हुन् । यस घटनाबारे अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्लसँग सोधपुछ गर्दा यस घटनाबारे आफूहरुलाई पूर्ण विवरण नआएको र विरोधको क्रममा विद्यार्थीहरुले प्रतिकार गरेको हुनसक्ने बताएका छन् । साभार रातोपाटी
Home
»
मुख्य समाचार
» विद्यार्थीद्वारा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षको गाडीमा आगजनी (फोटोफिचर)
Subscribe to:
Post Comments (Atom)



Post a Comment