जेठ ७ ( भोटेओडारका एक जनाले आफूले फेला पारेको  विश्वमै लोपुन्मुख रुपमा रहेको संरक्षित पन्छी हुचिलको बच्चा प्रहरीमा बुझाएका छन् । डुम्रे–वेसीशहर सडक खण्डमा पर्ने उदीपुर आकाशेभीर नजिकै भोटेओडार गाउँ विकास समिति वडा नम्वर ८ घर भई हाल बेसीशहर शेरामा बस्दै आएका अर्जुन अधिकारीले हुचिलको बच्चा फेला पार्नुभएको हो । मंगलवार बेलुकी सदरमुकाम वेसीशहरतर्फ आउने क्रममा फेला परोको हुचिलको बच्चालाई अधिकारीले बुधवार जिल्ला प्रहरी कार्यालयमा बुझाउनभयो । विश्व संरक्षण सूचीमा रहेको हुचिलको बच्चालाई प्रहरीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको रोहबरमा जिल्ला बन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी कार्यालयमा हुचिलको बच्चा लिन आएका जिल्ला बन कार्यालयका रेन्जर काशीराज पण्डितले हुचिलको बच्चालाई जिल्ला बन कार्यालयले पालनपोषण गर्ने वताउनुभयो । उहाँले अलि ठूलो हुनेवित्तिकै सल्लाह अनुसार जंगलमै छाडिने वा संरक्षित क्षेत्रमा पठाउन सकिने बताउनुभयो । बन ऐन अनुसार हुचिलको शिकार खेल्न, ओसारपसार गर्न र अवैध रुपमा पाल्न पाइँदैन । लमजुङको उदीपुरमा फेला पारिएको हुचिलको बच्चा साढे २ महिनाको रहेको अनुमान गरिएको छ । हुचिल चरा लाटोकोसेरो प्रजातिको एक पन्क्षी हो । यसले मासुबाहेक  अरु केही नखाने जिल्ला बन कार्यालयका रेन्जर पण्डितले वताउनुभयो । हुचिल जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरा हो । बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देशहरु नेपाल, भारत लगायतका देशमा दुर्लभ रुपमा पाईने यसल चराले आफ्नो मृत्युको पुर्वाभास पाउने वित्तिकै आत्महत्यासमेत गर्ने भएकाले अति अद्भुत श्रेणीको प्राणी मानिन्छ । साभार उज्यालो अनलाईन

Post a Comment

 
Top