जेठ ७ ( पूर्व भारतीय, बेलायती, सिंगापुर, नेपालका पूर्व सेना र प्रहरीहरुको साझा संगठन पूर्व सैनिक कल्याणकारी महासंघ नेपालले मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्य मध्ये ४ सभासद आफूहरुबाट मनोनित गर्नु पर्ने माग गरेको छ ।
बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले २५ लाख सदस्य रहेको महासंघले राजनीतिक रुपमा तटस्थ रहँदै पूर्व सैनिक र देशको हितमा समर्पित भएको दावी गर्दै संविधान निर्माणमा आफूहरुको पनि भूमिका हुनु पर्ने ठहर सहित ४ सभासद माग गरेको जनाएको छ ।
महासंघले ४ सभासदका अतिरिक्त पूर्व सैनिकहरुको ईतिहास र परिचलाई नयाँ संविधानमा उल्लेख गर्नुपर्ने, पूर्व सैनिकहरुलाई विशेष सेवामा आरक्षणको ब्यवस्था गर्नु पर्ने, विशिष्ट नागरिकको रुपमा सम्मान गर्नु पर्ने, बुटवलमा पेन्सन क्याम्पको स्थापनाको ब्यवस्था गर्नुपर्ने, भारतीय पूर्व सैनिक का विधुवालाई पारिवारिक पेन्सनको लागि कुटनीकि पहल गर्नु पर्ने र प्रत्येक २४ अप्रिललाई पूर्व सैनिक दिवसको रुपमा मान्यता दिनु पर्ने लगायतका ६ बुँदे माग पनि अघि सारेको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कर्णेल धनबहादुर थापालेआफूहरुको मागको विषयमा प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, भारतीय राजदुत रञ्जित रे सहितका सरोकारवालाहरुलाई ज्ञापनपत्र मार्फत जानकारी गरिसकेको उल्लेख गर्दै मागलाई बेवास्ता गरेर कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
उहाँले आफूहरुको पहिलो माग २६ जनाको मनोनयन गर्दा ४ जना आफूहरुबाट मनोनित हुनुपर्ने मागलाई बेवास्ता गरिए त्यस्को ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । महासंघका सल्लाहकार कर्णेल धनबहादुर मास्की रानाले तत्काल सरोकारवालाहरुले आफूहरुको माग पुरा नगरे आन्दोलनमा जाने बताउनुभयो । साभार उज्यालो अनलाईन

Post a Comment