जेठ ७ ( कान्तिपुर गोर्खाज एनपिएल क्रिकेटको सेमिफाइनल पुगेको छ । लिग चरणको अन्तिम खेलमा पञ्चकन्या तेजलाई ५ विकेटले हराउँदै कान्तिपुर अन्तिम ४ मा पुगेको हो । सेमिफाइनलमा बिहीबार कान्तिपुरले पन्चकन्या तेजसंग धनगढीमा खेल्नेछ भने जगदम्बा जाइण्ट्स र सगरमाथा लिजेण्ड्स  कन्चनपुरमा खेल्नेछन् । महेन्द्रनगरमा पञ्चकन्याले दिएको १ सय २८ रनको लक्ष्य कान्तिपुरले २८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटाएको हो । कान्तिपुरका लागि प्रदिप ऐरीले ४५ र कप्तान बसन्त रेग्मीले ३८ रन बनाए । कान्तिपुर समान अंक भएपनि कलर्स एक्स फ्याक्टरर्स र विशाल वारियर्स भने रन औसतका आधारमा समूह चरणबाटै बाहिरिएका छन् । धनगढीमा कलर्सले जगदम्बा जाइण्ट्सलाई १ विकेटले हराएको छ । १ सय ३७ रनको लक्ष्य पछ्याएको कलर्सलाई जितिाउन फैजल खानले २७ बलमा ५६ रनको विष्फोटक इनिङ्ग खेले । पहिले ब्याटिङ्ग गरेको जगदम्बाले ४३ ओभर २ बलमा १ सय ३६ रन बनाएको थियो । उसका हसिम अन्सारीले ३७,  र अमित श्रेष्ठले ३५, रन बनाए । कलर्सका कुमार थापा र सञ्जम रेग्मीले तीन तीन  विकेट लिएका थिए । साभार उज्यालो अनलाईन

Post a Comment

 
Top