| कसरी हाँस्ने : मुस्कान सहितको प्रहरी सेवाको तालिमका सहभागिहरु । तस्बिर: नयन केसी |
नयन केसी
गाोरखा : सत्य बोल्ने, सेवा गर्ने र जनताको सुरक्षा गर्ने । नेपाल प्रहरीको मुख्य उद्देश्य नै यही हो । तर अब प्रहरीको खातामा अर्काे नयाँ सेवापनि थपिएको छ, मुस्कान । समाजमा शान्ति सुरक्षा कायम गर्ने अभिभारा काँधमा बोकेको नेपाल प्रहरीले अब सबैलाई मुसुक्क हाँसेर सेवा दिने भएको छ ।
प्रहरीले जनतालाई दिने सेवालाई थप प्रभावकारी बनाउनका लागि प्रहरीले ‘मुस्कान सहितको सेवा’ का लागि आफ्ना जुनियर अधिकृति देखि जवान सम्मका प्रहरीहरुलाई २ दिने अनुशिक्षण तालिम सुरु गरेको छ । विभिन्न काम कारबाहीको सिलसिलामा प्रहरी कार्यालयमा आउने नागरिकहरुलाई छिटो र छरितो एवं सुलभ सहज वातावरणमा हार्दिकताका साथ सेवा प्रदान गर्नका लागि प्रहरी अधिकृत तथा जवानहरुका लागि तालिमको व्यवस्था गरिएको हो ।
‘हुन त अहिले पनि हामीले सेवाग्राहीलाई सकेसम्म खुसीसाथ नै सेवा दिइरहेका छौँ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरिक्षक रमेश थापा भन्छन्– ‘अझै त्यो भन्दा पनि प्रभावकारी सेवाका लागि यस्तो तालिमको आयोजना गरिएको हो ।’ देशभरका प्रहरी निकायमा बुधबार र बिहिबार दुईदिन सम्म यस्तो तालिमको आयोजना गरिएको हो ।
‘यो तालिम पश्चात नेपाल प्रहरीका अधिकृत तथा जवानहरु जनताको पिर मर्का एवम् गुनासोका उचित सुनुवाईको वातावरण मिलाउनुका साथै नागरिक प्रतिष्ठाको प्रवद्र्धन गर्न सक्षम हुनेछन्’ प्रहरी निरिक्षक कमल बेल्बासे भन्छन्– ‘कानुनी उपचारको सिलसिलामा आउने नागरिकको समस्या हाँसीखुसी यथासम्भव छिटो सम्बोधन गर्नुका साथै उचित परामर्श दिन सक्नेछन् ।’
जिल्ला विकास समितिको हलमा भइरहेको तालिममा गोरखा जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुका ५० भन्दा जना प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले ‘मुस्कान सहितको प्रहरी सेवा’ ले सुनमा सुगन्ध थप्ने बताए । ‘हामी जनताका सेवकहरु मुस्कान सहित प्रस्तुत हुँदा आम जनतामा पर्ने प्रभाव नै बेग्लै हुन्छ’ प्रजिअ खरेल भन्छन्– ‘सेवाग्राहीले एकपटक सेवा लिएपछि सँधैभरी सम्झीरहने गरी सेवा प्रदान गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसनका गोरखाका अध्यक्ष स्थानेश्वर दुवाडीले तालिमले प्रहरीलाई थप उत्तरदायी र जिम्मेवार बनाउने आशा गर्दै भने– ‘आमजनताले प्रहरी भेट्दा अभिभावक भेट्टाएको जस्तो महशुस गर्नुपर्छ, अनिमात्र प्रहरी सेवा प्रभावकारी हुन्छ ।’
स्थानीय शान्ति समिति गोरखाका संयोजक मोहन पोखरेलले हिजोका दिनमा खैरो बर्दी लगाएका प्रहरीहरु भन्दा अहिलेको प्रहरीको सेवा असाध्यै राम्रो भएको भन्दै प्रहरी प्रहरीले समय अनुसार परिवर्तन हुँदै जानु पर्ने धारणा राखे ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका वरिष्ठ उपाध्यक्ष किशोरजंग थापा, मानव अधिकारकर्मी तथा शान्ति समाज गोरखाका अध्यक्ष यदु अधिकारी, पत्रकार महासङ्घ गोरखाका अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

Post a Comment