जेठ ८ – शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरीले आधा सडक कब्जा गरेर पेट्रोलियम पदार्थ बेच्दै आएको छ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयले दिनहुँ सडक अबरुद्द हुने गरी पेट्रोल पम्पबाट पेट्रोल बिक्री गर्दा एकतातिर सडक नियमको उपहास भइरहेको छ भने अर्कोतिर यात्रुले निर्बाध रुपमा हिँडन् पाएका छैनन् । यसतर्फ पटक पटक सडक नियम सिकाउने सिकाउन ट्राफिक सप्ताह आयोजना गर्ने गर्ने ट्राफिक प्रहरीले ध्यान दिनु पर्छ की पर्देन रु केही समय अघि प्रहरीमहानिरिक्षक उपेन्द्रकान्त अर्यालले पेट्रोल पम्प स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए । तेल भर्न नागपोखरीदेखि पेट्रोल पम्पसम्म सवारी साधन लाममा बस्छन् । सडकमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीलाई कारबाही त गर्यो तर आफ्नै मुख्यालयले सडक र पेटी कब्जा गरेर पेट्रोल विक्री गर्दा भने बोल्न समेत सकेको छैन् ।अर्यालले महानगरिय ट्राफिक प्रहरी महाशाखाको प्रमुख रहदाँसमेत उक्त पेट्रोल पम्प स्थानन्तरण गर्नुपर्ने प्रस्ताव मन्त्रालयसम्म पु¥याएका थिए भनेर आजको अन्नपूर्ण पोस्टमा यो समचार छापिएको छ । साभार रातोपाटी
Subscribe to:
Post Comments (Atom)

Post a Comment