जेठ ६ – छविराज प्रोड्क्सन हाउसमा निर्माण हुन लागेको चलचित्र “हवल्दार सुन्तली”को निर्देशन ऋषी लामिछानेले गर्ने भएका छन् । चलचित्र निर्माणको क्षेत्रमा निकै सफल देखिएका निर्माता छविराज ओझाले यस चलचित्र निर्माणका लागि सवा करोडसम्म लगानी गर्ने बताइएको छ । केहि वर्ष पहिले पश्चिम नेपालको एक प्रहरी चौकीमा डूयूटीमा रहेका आफ्नै सहकर्मीहरुद्वारा बलात्कृत हुन पुगेकी हवल्दार “सुन्तली धामी” को विषय वस्तुलाई आधार बनाइ निर्माण हुन लागेको चलचित्रको उपयुक्त स्थल छनौंटका लागि निर्देशक ऋषि लामिछाने अहिले ब्यस्त भएका छन् ।
चलचित्रका मुख्य कलाकारहरुमा शिल्पा पोख्रेल, सविन श्रेष्ठ, किशोर खतिवडा, धु्रब कोइराला चयन भइसकेको निर्देशक लामिछानेले बताएका छन् । काठमाण्डौं र हेटौंडा मुख्य छायाँकन स्थल रहने यस चलचित्रमा शिवंम अधिकारीको स्क्रीप्ट र दिपक शर्माको संगीत रहने छ ।
वास्तविक घटनाका पात्र हवल्दार सुन्तलीलाई आफ्नै सहकर्मी साथीहरुले बलात्कार गरिसके पछि बलात्कारीहरुलाई कारवाही प्रक्रिया अगाडि वढाउन त्यस क्षेत्रका ९महिला० डीआइजीले उदासिनता देखाएका थिए । बलात्कार पछि न्यायका लागि विभिन्न स्थान भौतारिँदै हिँडेकी हवल्दार सुन्तलीको पक्षमा अधिकारकर्मीहरुले आवाज उठाउन थाले पछि बाध्य भई प्रशासनले अभियुक्तहरु पक्रन सफल भएको थियो । ६ जना आरोपित रहेको उक्त घटनाका अभियुक्तहरुमध्ये तीनजना जेलमा रहेका छन् भने अरु तीनजना जेल बाहिर नै छन् । यो मुद्दा हाल पुनरावेदन अदालतमा रहेको छ ।
समाजका रक्षकहरुद्धारा नै आफ्नै सहकर्मी बलात्कृत हुनु परेको यो घटना नेपालको परिप्रेक्षमा ठूलै घटनाको रुपमा लिने गरेको छ । यस घटनाकी पिंडित सुन्तली धामीसँग चलचित्र निर्माण कार्यका लागी कुराकानीका साथै अनुमती समेत प्राप्त भएको निर्देशक लामिछानेले बताएका छन् । उपयुक्त स्थलको छनौंट पश्चात् केहि हप्ताबाटै चलचित्रको छायाँकन कार्य प्रारम्भ गरिने निर्देशक लामिछानेले बताएका छन् । साभार रातोपाटी

Post a Comment