६ जेठ आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री २०१४ नेपालमा हुने भएको छ । न्यूजिल्याण्डमा भएको एकदिवसीय विश्वकप छनोटका क्रममा नेपाल डिभिजन थ्रीमा घटुवा भएको थियो ।

आईसीसीले सुरुमा घटुवाबारे क्रिकेट संघलाई औपचारिक जानकारी गराएको थिएन । तर, हालै मात्र नेपाल डिभिजन थ्रीमा घटुवा भएको जानकारी आएको उपाध्यक्ष चतुरबहादुर चन्दले बताए ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार डिभिजन थ्री आयोजना नेपाललाई दिइएको औपचारिक जानकारी अझै आएको छैन । तर, विकिपेडियामा प्रतियोगिताको आयोजक नेपाल भनेर लेखिसकिएको छ ।

डिभिजन थ्री नेपालका लागि सन् २०१९ मा हुने विश्वकपका लागि छनोट हुने बाटो हो । डिभिजन थ्रीको शीर्ष दुईमा रहेर डिभिजन टुमा उक्लिएको अवस्थामा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ । २०१५ को विश्वकप छनोटमा भने नेपालको प्रदर्शन विर्सनलायक थियो ।

आगामी नोभम्बर २० बाट हुने डिभिजन थ्रीमा नेपालसँगै युगान्डा, अमेरिका, बर्मुडा रहेछन् । नेपाल र र युगान्डा डिभिजन टुबाट घटुवा भएका हुन् भने अमेरिका र बर्मुडा डिभिजन थ्रीमा कायमै देश हुन् । डिभिजन फोरका शीर्ष दुई टोलीले पनि प्रतियोगिता खेल्नेछन् । साभार अनलाईन खबर

Post a Comment

 
Top