जेष्ठ  ४ ( कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दुई शीर्ष नेताबीचको झगडाको सजाय आफूले पाएको गुनासो गर्दै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

मेची(महाकाली अभियानअन्तर्गत पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठान कार्यक्रमबारे शनिबार कांग्रेस बैतडीले आयोजना गरेको छलफलमा बोल्दै पौडेलले सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाबीचको झगडाको सजाय आफूले पाउने गरेको बताए । ‘दुई जनाको लडाइँको सजाय मैले किन पाउने,’ उनले भने, ‘अब कामको मूल्यांकन गर्ने अवस्था आएको छ, आफंै सभापतिका लागि अघि सर्छु ।’

कार्यक्रममा उपस्थित जिल्लाका नेता कार्यकर्ताले आन्तरिक गुटबन्दी मिलाउन माग गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सहभागीले कोइराला र देउवाबीच चलेको ६०र४० को भागबन्डाले कार्यकर्तामा निराशा छाएको र इमान्दार कार्यकर्ताको मूल्यांकन हुन नसकेको गुनासो गरेका थिए । पौडेलसहित तीन नेताले पार्टीमा गुट बनाएको भन्दै कार्यकर्ताले तीनै जना एकसाथ मिलेर आउन माग गरेका छन् । कार्यकर्ताले तीनै जना एक भएर आउन सक्ने अवस्था नभए नेतृत्व हस्तान्तरण गर्न सुझाएका थिए  आजको कान्तिपुर दैनिकमा यो समचार छापिएको छ । साभार रातोपाटी

Post a Comment

 
Top