लण्डन, जेठ ४ – एफएकपको उपाधि जित्दै आर्सनलले ९ वर्षको उपाधिको खडेरीको अन्त्य गरेको छ । शनिबार राती भएको खेलमा निकै संघर्षपूर्ण खेलमा आर्सनलले हल सिटीलाई पराजित गर्दै सन् २००५ पछि उपाधि उचालेको हो ।हिजोको खेलमा आर्सनलको शुरुवात भने राम्रो हुन सकेन । खेलको आठ मिनेटभित्र आर्सनल दुई गोलले पछि परिसकेको थियो । जेम्स चेस्टर र कर्टिस डेभिसले गोल गर्दै आर्सनललाई स्तब्ध बनाएको थियो । तर खेलको १७ औं मिनेटमा सान्टी कार्जोलाले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए । खेलको दोस्रो हाफमा लरेन्ट कोसियल्नीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन सकेन र खेल अतिरिक्त समयतिर लम्कियो । अतिरिक्तमा समयमा आरोन राम्सेले गोल गर्दै आर्सनलाई उपाधि दिलाए । साभार रातोपाटी
Post a Comment