आजको राशिफल
मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० –
आज पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा तपाईंको प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० –
आज अकारण वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्राले भने रमाइलो गर्नेछन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० –
शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । वर्तमान समयलाई भरपूर सदुपयोग गर्नुहोस् । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । गुप्त र मानसिक रोगले सताउन सक्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० –
आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । दिक्क र झर्को लाग्दो दिन छ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० –
व्यवसायिक क्षेत्र मध्यम रहने छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० –
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ, तर मान्यजनसँग असमझदारी बढ्नसक्छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । कृषि–चौपायाबाट लाभ मिल्नेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० –
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । । शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० –
स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने समयसमेत छ, प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । सबैको जिम्मेबारी वहन गर्नु पर्नेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० –
आज आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट समेत सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक ह्रास होला । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । आजका लागि शुभ अंक ३ र शुभरंग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० –
शुभसमाचारको आगमनले मन प्रसन्न रहने दिन छ । शत्रुहरू पराजित हुनेछन् । आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० –
आजको दिन राम्रो छ, विगतमा गरिएको श्रमको समुचित मूल्याङ्ककन हुनेछ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने सङ्केत पनि छ, आम्दानी गरिएको धन नाश हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । आजका लागि शुभ अंक २ र शुभरंग सेतो वा घिउरंग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । साभार ज्योतिष साथी

Post a Comment