आजको राशिफल
मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० –
आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दाम्पत्य सम्बन्धमा पनि तालमेल हुँदैन । धार्मिक र सामाजिक क्षेत्रमा ठूलै धनराशि खर्च हुनसक्छ तर मानसम्मान र प्रशंसा प्राप्त हुने लक्षण छ । धेरै दिनपछि बितेका समयको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० –
आजको दिन अपराह्नसम्म ठिकठिकै छ । महत्त्वपूर्ण कार्य दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु बेस हुनेछ । त्यसपछि प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० –
समय केही उल्झन पूर्ण देखिन्छ । चालु पेशा वा व्यवसायका अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिने छ । पढाइलेखाइमा जाँगर चल्दैन । अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा दिन भाग्यशाली भएर देखा पर्नेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो वा घिउरंग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न तर व्यवहारिक एवं आर्थिक लाभ बढ्न थाल्नेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० –
आजको दिन लाभदायक देखिन्न । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० –
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । आज तपाईंको चाहनाबमोजिम कार्य सम्पन्न हुनेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० –
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो । नातागोताभित्रका विपरीतलिङ्गी सदस्यले राम्रो सहयोग गर्ने छन् । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० –
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आजका लागि शुभ अंक ७ र शुभरंग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –
आज दिउँसोका तुलनामा बिहानको समय सकारात्मक छ । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० –
आज चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । आज विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । कुनै रोकिएको काममा ध्यान दिनु भएमा सफल हुनेछ । आजका लागि शुभ अंक ४ र शुभरंग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० –

घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै अप्रत्याशित काममा सहयोग गर्नु पर्ला । आजका लागि शुभ अंक ३ र शुभरंग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । साभार ज्योतिष साथी

Post a Comment

 
Top