काठमाडौ : संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणको अवधिभर विदेश भ्रमणमा नजान सभासदहरूलाई रुलिङ गरेका छन् । समितिका सभापति, प्रमुख दलका शीर्ष नेता र सभासदहरू हूलका हूल विदेश गइरहेका बेला नेम्वाङले मंगलबार औपचारिक रूपमै संविधान निर्माणको काम प्रभावित हुने गरी काठमाडौंबाहिर समेत नजान भनेका हुन् ।अध्यक्ष नेम्वाङले आउँदो माघ ८ मा नयाँ संविधान जारी गर्ने लक्ष्यसहितको कार्यतालिका कार्यान्वयन गर्न दलका नेता तथा सभासदहरूको गम्भीर ध्यानाकर्षण गराए । उनले सभासदले संविधानसभा र समितिहरूमा खेलेको भूमिकाका आधारमा आन्तरिक मूल्यांकन गर्न राजनीतिक दलहरूलाई आग्रह पनि गरे ।
संविधान निर्माणलाई प्रभावित पार्ने गरी सभासदहरूलाई स्थानीय कार्यक्रमहरूमा नबोलाउन पनि जिल्लावासीहरूसँग नेम्वाङको आग्रह छ । ुसंविधानसभा कार्यतालिका निर्माण, विघटित संविधानसभाको स्वामित्व ग्रहणको प्रक्रिया पूरा गरी संविधानको अन्तरवस्तुमा छलफल गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको छ,ु नेम्वाङले भने, ुयो संविधान निर्माणका लागि अहोरात्र खटिने बेला हो ।ु
संविधान अभिलेख अध्ययन तथा निक्र्योल समितिका सभापति विष्णु पौडेलले मंगलबार सभामा प्रस्तुत गरेको पहिलो प्रतिवेदनमा बिहीबारदेखि सैद्धान्तिक छलफल हुँदैछ । विघटित संविधानसभाका विषयगत समितिहरूका प्रतिवेदन, संसदीय दलका नेताहरूको संयन्त्र, संवैधानिक समिति र त्यसअन्तर्गतको विवाद समाधान उपसमितिको प्रतिवेदनमा रहेको सहमति र विमति यकिन गर्ने क्षेत्राधिकार पाएको समितिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई समानान्तर काम दिन आंशिक प्रतिवेदन दिएको हो ।
सभापति पौडेलका अनुसार मंगलबार सभामा पेस भएको तत्कालीन संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदनमा निरूपण गर्न बाँकी विवादका विषय छैनन् । राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनमा भने नागरिक कर्तव्यका रूपमा १८ वर्ष पुगेका सबैले अनिवार्य सैनिक तालिम गर्नुपर्नेरनपर्ने विषय विवादित छ । सभाको पूर्ण बैठकमा हुने छलफलपछि यो विवाद समाधानको काम संवाद समितिले गर्नुपर्नेछ ।
अध्यक्ष नेम्वाङले दुवै प्रतिवेदनमाथि बिहीबारदेखि छलफल हुने समय निर्धारण गरेका छन् । संविधानसभाको नियमावलीअनुसार निक्र्योल समितिले सहमति ठहर्याएका विषय सभाको छलफलपछि एकीकृत मस्यौदा निर्माणका लागि संविधान मस्यौदा समितिमा जाने छन् । विवादित विषयमा भने सभाले सुझाव र निर्देशनसहित समाधानका लागि संवाद समितिमा पठाउने छ ।
संवाद समितिका सभापति बाबुराम भट्टराईले निजी सचिवालयमार्फत संविधान निर्माणको अवधिभर विदेश नजाने घोषणा गरेका छन् । संविधानसभाभित्र र बाहिरका राजनीतिक शक्तिहरूसँग अन्तरंग संवाद गर्नुपर्ने बेलामा तिब्बतको एक साता लामो पारिवारिक भ्रमण सकेर मंगलबार बिहान मात्रै फर्केका भट्टराई नेम्वाङले विदेश नजान रुलिङ गर्दा संविधानसभा बैठकमा थिए ।
दसदिने चीन भ्रमणमा रहेको एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश र्फकन नपाउँदै कांग्रेसका नौ सभासद बेइजिङ जाने तयारीमा छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको निमन्त्रणमा त्यहाँको ुआर्थिक तथा औद्योगिक विकासको अध्ययन तथा अवलोकन भ्रमणु का लागि जेठ ७ गते बेइजिङ जाने कांग्रेस सांसदहरूको टोलीमा कुमारी लक्ष्मी राई, सुधीरकुमार सिवाकोटी, तारामान गुरुङ, अब्दुल रजाक गद्दी, लालबाबु सिंह, कल्पना सोव, चन्द्रबहादुर कुँवर, रामचन्द्र यादव र संगीता मण्डल छन् ।
एमाले अध्यक्ष खनालको टोलीमा सभासद शत्रुघन महतो र गरिमा साहसहितका नेताहरू छन् । मित्र राष्ट्र, दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको व्यवस्थापनमा ुनिजी भ्रमणु मा जाने सभासदहरूले आफ्नो कार्यक्रमको जानकारीसमेत सचिवालयलाई दिने गरेका छैनन् । संविधानसभा निर्वाचनयता कूटनीतिक राहदानीका लागि संसद् सचिवालयबाट सिफारिस लिने सभासदको संख्या ५१ छ । त्यसअघि नै कूटनीतिक राहदानी लिएका, साधारण (हरियो) राहदानीमा भिसा पाउने पहुँच भएकाहरूसमेत जोडा यसबीचमा विदेश सयर गर्नेहरूको संख्या अझ धेरै देखिन्छ । धेरै विदेश भ्रमण गर्नेमा सरकारका वरिष्ठ मन्त्रीदेखि युवा सभासद पर्छन् । आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।
Post a Comment