७ जेठ, परराष्ट्र मन्त्रालयले आगामी कातिक महिनामा काठमाडौंमा हुने १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनका लागि बुलेटप्रुफसहित ९० वटा गाडी मागेको छ । सम्मेलनमा सहभागी हुन आउने सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख र उनीहरुका पत्नी, मन्त्री, सचिव, सहसचिव लगायतलाई आवश्यक गाडीका लागि परराष्ट्रले अर्थमन्त्रालयसँग बजेट उपलब्ध गराइदिन भनेको छ । ‘सार्क सम्मेलनका लागि ९० वटा गाडी चाहिन्छ,’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने ‘कम्तीमा ५० वटा नयाँ किन्नुपर्छ ।’(नागरिक दैनिकमा खबर छ । परराष्ट्रमन्त्री पाण्डे र अर्थमन्त्री रामशरण महतसहित बसेको सार्क तयारीसम्बन्धी बैठकमा गाडी र त्यसका लागि आवश्यक पर्ने बजेटको माग भएको हो । अर्थले ठूलो संख्यामा गाडी किन्न बजेट अपुग हुने जनाएपछि बैठकमा केही नयाँ किन्ने र केही यहीँ भएकालाई आवश्यक मर्मत गरी चलाउने सहमति बनेको थियो । कति वटा नयाँ किन्ने र कति मर्मत गर्ने भन्ने अन्तिम निर्णय भने आउँदो साता बस्ने परराष्ट्र र अर्थ मन्त्रालयका पदाधिकारीबीचको बैठकले टुंगो लगाउने मन्त्री पाण्डेले जानकारी दिए । साभार अनलाईन खबर

Post a Comment

 
Top