जेठ ७ – सर्वोच्च अदालतले बाबुतर्फका नातेदारबीच मात्र अंग प्रत्यारोपण गर्न पाइने व्यवस्था ‘एकपक्षीय र साँघुरो भएको’ भन्दै यसको दायरा फराकिलो बनाउने गरी कानुन संशोधन गर्न आदेश दिएको छ । अयगचतन्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको विशेष इजलासले यही जेठ १ गते मानव शरीरको अंग प्रत्यारोपण ९नियमित तथा निषेध० ऐन २०५५, दफा २ ९ठ० को व्यवस्था उत्प्रेषणको आदेशले बदर गर्दै दायरा फराकिलो हुने गरी संशोधन गर्न आदेश दिएको छ । उक्त दफाले ‘नजिकका नातेदार’ किटान गरेर त्यसमा उल्लिखित व्यक्तिबाहेक अरुको अंग प्रत्यारोपणलाई अवैध ठहर गरी कारबाहीको व्यवस्था गरेको छ । ऐनले ‘नजिकका नातेदार’ भनी किटान गरेकामा सम्बन्धित व्यक्तिका छोरा छोरी, आमा, बाबु, दाजु, भाइ, दिदी, बहिनी, काका, भतिजा, भतिजी, बाबुतर्फका बाजे, बज्यै, छोरातर्फका नाति, नातिनी, छोरी तर्फका नाति, नातिनी र दुई वर्षदेखि अटुट नाता कायम गरी आएका पति, पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, सौतेनी बाबु र सासु÷ससुरा छन् । निवदेकहरुले ऐनमा बाबुपट्टिका आफन्तको मात्र अंग प्रत्यारोपण गर्न सकिने भनी सीमा निर्धारण गरिएको र आमार्फतकालाई निधेष गरिएको जिकिर गरेका थिए आजको नागरिक दैनिकमा यो समचार छापिएको छ । साभार रातोपाटि

Post a Comment

 
Top