जेठ ७ – पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा क्यान्सरको रुपमा मौलाएको भ्रष्टाचार र बेथिती अन्त्यका लागि अभियान चलाउन जरुरी भएको बताएका छन् । नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार र अनियमितता भएको भन्दै त्यसको विरुद्धमा आन्दोलन गरी रिले अनशन गरिरहेका संयुक्त पर्यटन व्यवसायी समन्वय समितिका पदाधिकारीहरुलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् । सो आन्दोलनमा ऐक्यबद्धता जनाउन बुधबार त्यहाँ पुगेका अध्यक्ष दाहालले पर्यटन व्यवसायीको भ्रष्टाचार विरोधी आन्दोलनले सिङ्गो देश र राजनीतिक नेतृत्वको ध्यान जगाएकाले यसलाई अभियानकै रुपमा अघि बढाइनुपर्ने खाँचो औँल्याए । अध्यक्ष दाहालले भ्रष्टाचार र अनियमिततासम्बन्धी पर्यटन व्यवसायीको जायज मागलाई सम्बोधन गराउन प्रतिपक्षी दलको नेता भएको हैसियतले पार्टीको बैठक र सरकारसँगको छलफलमा गम्भीरतापूर्वक कुरा उठाउने बचन दिए । उनले संविधान निर्माण र सङ्क्रमण अन्त्यका क्रममा मुलुकमा वेथिती अन्त्य गर्ने र नयाँ प्रक्रियामा लैजाने अभियानमा जुटेको पर्यटन व्यवसायीको आन्दोलन सार्थक भएको उल्लेख गरे । व्यवसायीको आन्दोलनप्रति एक्यबद्धता जनाउन संविधानसभाका पूर्व उपाध्यक्ष पूर्णकुमारी सुवेदी, एमाओवादी नेता लीलामणि पोखरेल, नेपाली काँग्रेसका नेता धनराज गुरुङ, खड्ग बस्याललगायत अनशन स्थल पुगेका थिए । साभार रातोपाटी
Subscribe to:
Post Comments (Atom)

Post a Comment