जेठ ८ – महोत्तरी, सर्लाही लगायतका तराईका जिल्लामा यस बर्ष आँपको उत्पादन घटेको छ । यस बर्ष तराईमा आँपको उत्पादन घटे पनि लिचीको उत्पादन भने बढेको छ । गत बर्षको तुलनामा महोत्तरीमा यस बर्ष आँपको उत्पादनमा आधा भन्दा धेरैले कमि आएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीका प्रमुख शंकरप्रसाद साहले जानकारी दिनुभयो । मौसम अनुकूल नहुँदा र आँप एक बर्ष विराएर फल्ने जातको फल भएकाले यस बर्ष तराईमा आँपको उत्पादनमा कमि आएको हो । महोत्तरीमा यस बर्ष आँपको उत्पादन कति प्रतिशतले घट्यो जिल्ला कृषि विकास कार्यालयसँग त्यसको यकिन तथ्याङ्क भने छैन । आँपको उत्पादन सम्बन्धी यकिन तथ्याङ्क नभएपनि किसानहरुको भनाईलाई आधार मान्दा र बगैंचामा गएर हेर्दा उत्पादन आधा भन्दा धेरैले घटेको देखिएको कृषि विकास अधिकृत साहले बताउनुभयो । महोत्तरीमा हजारौं किसानले व्यवसायिक रुपमा आँप खेती गर्दै आएका भए पनि जिल्ला कृषि विकास कार्यालयसँग त्यसको यकिन तथ्याङ्क छैन । त्यस्तै सर्लाहीको नवलपुरमा रहेको देशकै सवैभन्दा धेरै आँप खेती हुने सरकारी फारम उष्ण प्रदेशिय वागवानी केन्द्रमा पनि यस बर्ष आँपको उत्पादन आधा भन्दा धेरैले घटेको छ । गत बर्ष १ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको बागवानीको आँप यस बर्ष ५० लाख रुपैयाँमा ठेक्का लाग्न पनि मुस्किल देखिएको केन्द्रका बरिष्ठ वागवानी विकास अधिकृत राकेशकुमार ओझाले बताउनु भयो । उष्ण प्रदेशिय वागवानी केन्द्र, नवलपुरमा १ सय ८७ हेक्टर क्षेत्रफल जमिनमा आँप खेती हुँदै आएको छ । यस केन्द्रमा चार दर्जन भन्दा धेरै आँपका जात छन् । केन्द्रका प्रमुख ओझाका अनुसार यस बर्ष आँपमा फूल नै कम लागेको र त्यसमा पनि लामो खडेरीले आँप चिचिलामै झर्दा उत्पादन घटेको हो । केन्द्रमा गत बर्ष फलेका अधिकांश जातको आँप यस बर्ष नफलेका र गत बर्ष नफलेका जात यस बर्ष फलेका ओझाले बताउनु भयो । तर बागवानी केन्द्रमा यस बर्ष लिचीको उत्पादन भने गत बर्ष भन्दा तीन गुणाले बढेको छ । गत बर्ष ७ लाख रुपैयाँमा ठेक्का लागेको बागवानीको लिची यस बर्ष २६ लाख रुपैयाँमा ठेक्का लागेको छ । आँपको उत्पादन घटेपनि लिचिको उत्पादन बढेकाले राहत भएको बागवानी विकास अधिकृत ओझाले बताउनु भयो । बागावानीको लिची पाक्न शुरु भएको छ भने आँप जेठको तेश्रो हप्तादेखि पाक्न थाल्ने ओझाको भनाई छ । बागवानी केन्द्रमा फलफूलको सुरक्षाको लागि दैनिक २२ जना पाले खटिंदै आएका छन् । साभार उज्यालो अनलाईनतराईमा आँपको उत्पादन घट्यो, लिचीको बढ्यो
जेठ ८ – महोत्तरी, सर्लाही लगायतका तराईका जिल्लामा यस बर्ष आँपको उत्पादन घटेको छ । यस बर्ष तराईमा आँपको उत्पादन घटे पनि लिचीको उत्पादन भने बढेको छ । गत बर्षको तुलनामा महोत्तरीमा यस बर्ष आँपको उत्पादनमा आधा भन्दा धेरैले कमि आएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीका प्रमुख शंकरप्रसाद साहले जानकारी दिनुभयो । मौसम अनुकूल नहुँदा र आँप एक बर्ष विराएर फल्ने जातको फल भएकाले यस बर्ष तराईमा आँपको उत्पादनमा कमि आएको हो । महोत्तरीमा यस बर्ष आँपको उत्पादन कति प्रतिशतले घट्यो जिल्ला कृषि विकास कार्यालयसँग त्यसको यकिन तथ्याङ्क भने छैन । आँपको उत्पादन सम्बन्धी यकिन तथ्याङ्क नभएपनि किसानहरुको भनाईलाई आधार मान्दा र बगैंचामा गएर हेर्दा उत्पादन आधा भन्दा धेरैले घटेको देखिएको कृषि विकास अधिकृत साहले बताउनुभयो । महोत्तरीमा हजारौं किसानले व्यवसायिक रुपमा आँप खेती गर्दै आएका भए पनि जिल्ला कृषि विकास कार्यालयसँग त्यसको यकिन तथ्याङ्क छैन । त्यस्तै सर्लाहीको नवलपुरमा रहेको देशकै सवैभन्दा धेरै आँप खेती हुने सरकारी फारम उष्ण प्रदेशिय वागवानी केन्द्रमा पनि यस बर्ष आँपको उत्पादन आधा भन्दा धेरैले घटेको छ । गत बर्ष १ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेको बागवानीको आँप यस बर्ष ५० लाख रुपैयाँमा ठेक्का लाग्न पनि मुस्किल देखिएको केन्द्रका बरिष्ठ वागवानी विकास अधिकृत राकेशकुमार ओझाले बताउनु भयो । उष्ण प्रदेशिय वागवानी केन्द्र, नवलपुरमा १ सय ८७ हेक्टर क्षेत्रफल जमिनमा आँप खेती हुँदै आएको छ । यस केन्द्रमा चार दर्जन भन्दा धेरै आँपका जात छन् । केन्द्रका प्रमुख ओझाका अनुसार यस बर्ष आँपमा फूल नै कम लागेको र त्यसमा पनि लामो खडेरीले आँप चिचिलामै झर्दा उत्पादन घटेको हो । केन्द्रमा गत बर्ष फलेका अधिकांश जातको आँप यस बर्ष नफलेका र गत बर्ष नफलेका जात यस बर्ष फलेका ओझाले बताउनु भयो । तर बागवानी केन्द्रमा यस बर्ष लिचीको उत्पादन भने गत बर्ष भन्दा तीन गुणाले बढेको छ । गत बर्ष ७ लाख रुपैयाँमा ठेक्का लागेको बागवानीको लिची यस बर्ष २६ लाख रुपैयाँमा ठेक्का लागेको छ । आँपको उत्पादन घटेपनि लिचिको उत्पादन बढेकाले राहत भएको बागवानी विकास अधिकृत ओझाले बताउनु भयो । बागावानीको लिची पाक्न शुरु भएको छ भने आँप जेठको तेश्रो हप्तादेखि पाक्न थाल्ने ओझाको भनाई छ । बागवानी केन्द्रमा फलफूलको सुरक्षाको लागि दैनिक २२ जना पाले खटिंदै आएका छन् । साभार उज्यालो अनलाईन

Post a Comment