वि।सं। २०७१ ज्येष्ठ ०९ गते शुक्रबार तदनुसार ईश्वीसन् २०१४ मई २३ तारिख,
प्लवङ्ग नामको संवत्सर, शाके स् १९३६, श्रीसूर्य उत्तरायण, गृष्म ऋतु, ने।सं। स् ११३४, ९वछलागा०

चन्द्रमा कुम्भ राशिमा, दिउँसो १ बजेर ३६ मिनेटसम्म, त्यसपछि मीन राशिमा,
चन्द्रवर्ण स् कालो, चन्द्रदिशा स् पश्चिम, योगिनीदिशा स् पूर्व, वारशूल स् पश्चिम, नक्षत्रशूल स् दक्षिण,

काठमाण्डौं, नेपालमा सूर्योदय स् ०५स्१२स्३४ बजे र सूर्यास्त स् ०६स्४९स्१६ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय स्  ०५स्०६स्५१ बजे र सूर्यास्त स् ०६स्३९स्२७ बजे,
नेपालगञ्ज, बाँके, नेपालमा सूर्योदय स् ०५स्२६स्४० बजे र सूर्यास्त स् ०७स्०४स्५४ बजे,

ज्येष्ठ कृष्णपक्षको नवमी तिथि, बिहान ६ बजेर ०३ मिनेटसम्म, त्यसपछि दशमी तिथि,
पूर्वाभाद्रा नक्षत्र साँझ ७ बजेर १९ मिनेटसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र,
विष्कुम्भ योग बेलुका १० बजेर २० मिनेटसम्म, त्यसपछि प्रीति योग,
वणिज करण दिउँसो ५ बजेर ०४ मिनेटसम्म त्यसपछि विष्टि ९भद्रा० करण,

राहुकाल बिहान १० बजेर १२ मिनेटदेखि दिउँसो ११ बजेर ५३ मिनेटसम्म,
काल बारबेला बिहान १० बजेर १२ मिनेटदेखि दिउँसो ११ बजेर ५३ मिनेटसम्म,

रोग बारबेला दिउँसो १ बजेर ३५ मिनेटदेखि ३ बजेर १६ मिनेटसम्म ।

 आजको राशिफल

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० –
साँझसम्म आजको दिन राम्रै छ । नोकरी, पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० –
शुभ कुराको सङ्केत मिल्नेछ । परोपकार र धार्मिक क्रियाकलापमा धन खर्च हुनेछ । आमा वुवाको स्वास्थ्यमा समस्या आउने सम्भावना छ । सामान्य कुरामा समेत विवाद उत्पन्न हुन सक्छ ।  चिन्तनमूलक र बौद्धिक काममा मन जानेछ । प्रेममा धोका हुने सम्भावना छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० –
वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि आज राम्रो दिन छ । व्यापार गर्नेले पनि आज सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले व्यर्थमा विवाद गर्नुपर्छ । विद्यार्थीभने मनोरञ्जनमा भुलिने छन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । आजका लागि शुभ अंक ७ र शुभरंग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० –
अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो छैन । तपाईंको परिश्रम खेर जान सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० –
व्यापार व्यवसाय मध्यम रहेको छ । बौद्धिक क्षेत्र राम्रो देखिन्छ । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ, तर बेलुका घरायसी वातावरणमा केही धमिलोपन आउने छ । प्रतिकूल समय सुरु हुनेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० –
दिनभरि मन एकतमासको हुनेछ । अशान्ति र छटपटी व्याप्त हुने छ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नेछ । माया प्रेमको लागि समय र धन खर्च हुने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मन फुरुङ्ग हुनेछ । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझको समयदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्ने छ । रिसको कारणले असर पुर्याउला । जो सँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु होला । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० –
दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० –
आज नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अवसर आएको छ । रोकिएका कामहरू बन्न सक्छन् । तर अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । कामको चाप र दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । आजका लागि शुभ अंक ५ र शुभरंग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –
खर्च गर्न मन हौसिने योग छ तर व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्र सम्मानित हुने अवसर पाइने छ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो वा घिउरंग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० –
हिजोआज राम्रै समय चल्दैछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० –

आज दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । धार्मिक, आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । आज कुनै कन्या केटीलाई उपहार प्रदान गरेमा इच्छा पूर्ण हुन सक्छ । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । साभार ज्योतिष

Post a Comment

 
Top