शन्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विद्यार्थीहरुले मानव साङ्लो बनाएका छन् । मधेसमा विगत ४ महिनादेखि भइरहेको आन्दोलनको समर्थनमा र सरकारले मधेस आन्दोलनमा ज्यादती गरेको भन्दै विद्यार्थीहरुले लुम्बिनीमा मानव साङ्लो बनाएका हुन् । संघीय समावेशी मधेसी गठबन्धनको आयोजनामा विद्यार्थीहरुले बनाएको मानव साङ्लोमा विद्यार्थीहरुले बालबालिका हत्या गर्न पाइँदैन, मधेसका माग पूरा गर, मानव अधिकार उल्लघंन गर्न पाइँदैन लगायतका नारा सहितको प्लेकार्ड लिएका थिए । मधेस आन्दोलनमा सरकारले निर्दोष विद्यार्थी र बालबालिकाहरुको हत्या गरेको विरोधमा लुम्बिनीका विद्यार्थीहरुले मधेस आन्दोलनलाई समर्थन जनाउँदै शान्तिपूर्ण रुपमा मानव साङ्लो बनाई विरोध गरेको रुपन्देहीका स्वतन्त्र नेता सन्तोष पाण्डेले अनलाइनखबरलाई बताए । बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रलाई चारै तिरबाट घेरेर विद्यार्थीहरुले मानव साङ्लो बनाएका थिए । विद्यार्थीहरुले लुम्बिनी क्षेत्रको लोखडीया चोकदेखि पडरियासम्म र पडरियादेखि लम्कापुरा हुँदै पर्सा चोकसम्म मानव साङ्लो बनाएका थिए । साङ्लो बनाउनका लागि विभिन्न विद्यालयबाट विद्यार्थीहरु सहभागी भएको नेता पाण्डेले दावी गरे । त्यस्तै तराई मधेस लोकतान्त्रिक पार्टी रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लाम खानले मधेस आन्दोलनमा सरकारले गरिरहेको ज्यादती अन्तर्राष्ट्रियकरण गर्न मुलुकको अन्तर्राष्ट्रिय स्थल लुम्बिनीमा विद्यार्थीहरुद्वारा मानव साङ्लो बनाइएको बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment