थोरै चलचित्र खेले पनि धेरै दर्शकको दिलमा बस्न सफल श्वेता पति श्रीमान श्रीकृष्ण श्रेष्ठको वियोगपछि एक वर्षसम्म पूरै निस्क्रिय थिइन् ।
विस्तारै व्यवसायिक तथा सामाजिक गतिविधिमा अभ्यस्त भइरहेकी उनी निकट भविष्यमा कुनै न कुनै रुपले चलचित्र क्षेत्रमा पुनरागमनको तयारी गर्दैछिन् । ‘फेरि नायिका नै बन्छु भन्ने पनि छैन,’ उनी भन्छिन्, ‘तर मैले भविष्यमा यो फिल्डमा फर्किनै पर्छ । चाहे निर्मात्रीको रुपमा होस या अभिनेत्रीको रुपमा ।’

Post a Comment

 
Top