सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ती कमाएको उजुरीका आधारमा अख्तियारले ४० जना भन्दा बढी हाइप्रोफाइलहरुसँग बयान लिन थालेको छ । अख्तियारले पत्र काटेका पुर्वमन्त्री, सभासद्, ब्यापारी, शसस्त्र प्रहरीका उच्च पदस्थ अधिकारी तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरु अख्तियार पुगेर धमाधम बयान दिन थालेको अख्तियारका एक अधिकारीले बताए । 
पदिय दुरुपयोग गरेर अकुत सम्पत्ती कमाएको आरोप लागेका हाइप्रोफाईलहरुको बयान ‘सम्पत्ती मुल्यांकन तथा विशेष अनुसन्धान महाशाखा’ले लिन थालेको छ । बयानपछि महाशाखाले अकुत सम्पत्ती आर्जन गरेको प्रमाणसहित मुद्धा चलाउनका लागि प्रमुख आयुक्त समक्ष सिफारीश गर्नेछ । पुर्व मन्त्री र सचिवहरुको सम्पतीबारे अनुसन्धान शुरु गरेको महाशाखामा विभिन्न क्षेत्रका विज्ञहरु रहन्छन् । वकिल, प्रहरी, अर्थविद् लगायतका विभिन्न क्षेत्रका विज्ञहरु सम्मिलित महाशाखाले दुई आयुक्तहरुसँगको सहकार्यमा पुर्वमन्त्री र सचिवहरुको बयान शुरु गरेको बताइएको छ ।
पाँच हजार नतिर्दा स्वास्थ्य सचिव तानिए
पदिय दुरुपयोग गर्दै अकुत सम्पत्ती कमाएको आरोप लागेका शान्तबहादुर श्रेष्ठ विगत १८ महिनादेखि स्वास्थ्य मन्त्रालयको सचिव पदमा कार्यरत छन् । सरकारी कर्मचारीले हरेक बर्ष सम्पत्ती विवरण बुझाउनेपर्ने कानुनी ब्यवस्था भएपनि श्रेष्ठले गत बर्ष सम्पत्ती विवरण बुझाएनन् । श्रेष्ठले सम्पत्ती विवरण नबुझाएपछि अख्तियारले स्पष्टिकरण सोध्दै पाँच हजार रुपैया जरिवान समेत बुझाउन निर्देशन दिएको थियो । तर ,श्रेष्ठले न स्पष्टिकरण दिए, न जरिबाना बुझाए । यसरी अटेरी गरेपछि श्रेष्ठ र उनका आफन्त नातेदार समेतको सम्पत्तीमाथि अख्तियारले अनुसन्धान थालेको छ । उनको श्रीमती, छोरा, छोरी, साला–साली, दाजु–भाई लगायत सवैको सम्पतीबारे अनुसन्धान गरिने अख्तियारका एक अधिकारीले बताए ।
शसस्त्रका आईजिपीसहित आधा दर्जन अनुसन्धानको घेरामा
शसस्त्र प्रहरीका आईजिपी कोषराज वन्तले पदिय दुरुपयोग गर्दै अकुत सम्पती कमाएको उजुरीका आधारमा अख्तियारले उनीमाथी अनुसन्धान थालेको छ । वन्तमाथि अवैध सम्पती आर्जन गरी अस्वभाविक जिवन यापन गरेको आरोप लागेको छ । ठुलो घर, महँगो गाडी र धेरै ठाउँमा लगानी देखिएपछि वन्त सहित शसस्त्रका करिब आधा दर्जन उच्च अधिकारी अख्तियारको घेरामा परेका छन् ।
ओली सरकारका मन्त्रीनै तानिने, सचिवको सूची बढ्दै 
अख्तियार स्रोतका अनुसार वर्तमान ओली सरकारका केहि मन्त्री पनी अकुत सम्पत्ती प्रकरणमा तानिने भएका छन् । ‘लिस्ट बन्दै छ, अहिलेका केही मन्त्री र सचिवहरुबारे पनी उजुरी परेको छ’ अख्तियारका एक उच्च अधिकारीले रातोपाटीसँग भने । ति अधिकारीका अनुसार आईतबार सार्वजनिक भएका नामहरु बाहेक नेपाल सकारकारका बहालवाला सचिवहरुको सुचि थपिएको छ । यद्यपी उनले ति सचिवहरुको नाम सार्वजनिक गर्न अस्विकार गरे ।
कालो धनलाई सेतो बनाउन खोज्दा कनकमणि फन्दामा
साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले कालो धनलाई सार्वजनिक पदको दुरुपयोग गर्दै सेतो बनाउन खोजेको अख्तियारले आरोप लगाएको छ । सरकारी शेयर रहेको साझाको अध्यक्ष हुँदा उनले यस्तो प्रयास गरेको बताइएको छ । त्यस्तै अस्वभाविक जिवनशैली विताउँदै आएका दिक्षितको रातो बंगला स्कुलमा गरेको लगानीको पनि स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
यस्तो छ अनुसन्धान प्रक्रिया
पुर्वमन्त्री, सचिव र सांसदहरुको सम्पतीको प्रारम्भिक लिस्ट अख्तियारले तयार गरिसकेको छ । आफुले पाएको सम्पत्तीको प्रारम्भिक विवरणलाई गोप्य राखेर आरोपित हरुलाई सवैभन्दा पहिला अख्तियारले फारम भराउने छ ।
करिब ४० जना आरोपीतहरुमाथि अख्तियारले यसअघी देखी नै मनिटरीङ शुरु गरिसको थियो । अख्यितारको प्राविधीक टिमले आरोपीतहरु कहाँ जान्छन्, र कोसँग भेट्छन भन्नेबारे हरेक दिन निगरानी गरिहेको हुन्छ । यदी उनिहरु भाग्न खोजेमा वा प्रमाण नष्ट गर्नेबारे अख्तियारलाई शंका लागेमा शंकास्पदलाई पक्राउ गरिने अख्तियार स्रोतले जनाएको छ ।
आरोपीतहरुको बैक तथा फाइनान्सका खाता, देशभरका मालपोत कार्यालयमा भएको जग्गाको रेकर्ड लगायतका सम्पती विवरण हेरेपछि उनीहरुमाथी मुद्धा दायर गरिन्छ । त्यसबाहेक आरोपीतहरुको विदेशी बैंकको खाता तथा आफन्त नातेदारको सम्पत्ती पनी छानविन गरिने अख्तियारले जनाएको छ ।

Post a Comment

 
Top