लेखनाथ १७ असार
सन्दिप पौडेल
लेखनाथ १२ खुदीमा अवस्थीत पोखरा विश्वविद्यालय पुर्ण रुपमा ठप्प भएको छ । विभिन्न गतिविधीको आरोप र मागको विषयमा सुनुवाई नभएको भन्दै विहिवार देखी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अनिश्चित तालावन्दी गरेको छ । अनेरास्वियुले हेल्थ एण्ड एलाइण्ड साइन्स संकायमा डिनले गरेको विद्यर्थी ट्रान्सफर रद्द गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । करिव २ दिन अघि डिनलाई शौचालयमा थुनेको कारण विद्यार्थीलाई गरेको निश्कासन समेत फिर्ता लिन माग गरेका छन् । अनेरास्ववियु पोखरा विश्वविद्यालयले आज एक विज्ञप्ती जारी गदै शैक्षिक वेतिथी हटाउन र विद्यार्थीलाई शैक्षिक हकवाट निश्काशन गर्न नमिल्ने जानकारी दिएको छ । त्यसै गरी एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तीकारीले विद्यार्थी पढ्न आएका हुन् तर तोडफोड र झगडाको वातावरण ल्याउन र व्यक्ति माथी हमला गर्नेलाई नछाड् समेत जानकारी दिएका छन् । विश्वविद्यालय प्रशासनले विश्वविद्यालयका पदाधिकारी रहेका डिन माथी आक्रमण गर्ने ३ जना अनेरास्वियु निकट विद्यार्थीलाई १५ दिनका लागि निश्कासन गरेको छ ।
विश्वविद्यालयका उपकुलपती विष्णुराज तिवारीले विश्वविद्यालय  सवैको सम्पती हो र यसको सवै मिलेर वार्ताको माध्यमवाट समस्याको समस्या खोज्न आग्रह गरेका छन् । त्यसै गरी नेपाली काग्रेस निकट विद्यर्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालय वन्द हुँदा विद्यार्थीको भविश्यमा नै खेलवाड हुने हुनाले शैक्षिक संस्था वन्द नगर्न आग्रह गरेका छन् । विश्वविद्यालयको मुल गेट र केन्द्रिय कार्यलय सवै ठप्प रहेको छ ।

Post a Comment

 
Top