नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यको नेतृत्वमा रहेको ‘३३ दलीय मोर्चा’ फुटेको छ। 
माओवादी अध्यक्ष मोहन बैद्य र शोभाराम थापाले मोर्चाको नीति विपरित गतिविधि गरेको आरोप लगाए एक अर्कालाई निस्काशन गरेको घोषणा गरेपछि मोर्चा फुटेको हो।
  • ३३ दलीय मोर्चाको नीतिविपरीत र भ्रमपूर्ण गतिविधिमा लागेकोले राष्ट्रिय एकता मञ्चका शोभाराम थापालाई निस्कासन गर्ने । 
  • हालै भारत र चीनबीच भएको सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप भएको ठहर गरी त्यसको विरोध गर्ने तथा भारत र चीनलाई उक्त सम्झौता सच्याउन माग गर्ने । 
  • महाविनाशकारी भूकम्पबाट भएको क्षति र पीडित जनतालाई उचित राहत र बसोबासको व्यवस्थापनमा नेपाल सरकारले एकातिर ढिलाई र अर्कोतिर अनियमितता तथा भ्रष्टाचारसमेत भइरहेको सन्दर्भमा केन्द्रदेखि स्थानीय स्तरसम्म सम्पूर्ण क्रियाशील राजनीतिक दलको सर्वदलीय संयन्त्र बनाई बिनाबिलम्ब राहत, तत्कालीन बसोवास र दीर्घकालीन रूपमा पुनर्निर्माणको योजना बनाउने र सम्पूर्ण कामलाई पारदर्शी बनाउन माग गर्ने ।
  • कथित दोस्रो संविधानसभाबाट जनताको संविधान नबन्ने ३३ दलीय मोर्चाको भनाई १६ बुँदे चार दलीय सहमतिले पुष्टि गरेको सन्दर्भमा सर्वपक्षीय राजनीतिक सभा र सहमतिको संयुक्त राष्ट्रिय सरकारको गठनले मात्र देशको अग्रगामी राजनीतिक निकास निस्कने ठहर गरेको छ । 
  • परिवर्तित स्थितिमा ३३ दलीय मोर्चाको कामलाई अझ नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकतालाई महशुस गर्दै अर्को बैठकमा सोबारे छलफल गर्ने 

Post a Comment

 
Top