३२ जेठ, काठमाडौं । मध्य र सुदूर पश्चिमाञ्भलका दुग्ध सहकारी तथा कृषकहरुलाई ऋण लगानी गर्नका लागि सक्षम र एनएमबी बैंकबीच सम्झौता भएको छ । सम्झौतासँगै दुवै संस्था मिलेर दुग्ध वित्तीय सहयोग परियोजना सुरु गर्ने जनाएका छन् ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले चुनिएका र नजिकै जिल्लाहरुमा रहेका दुग्ध सहकारीहरुलाई उनीहरुको वित्तीय आवश्यकताका आधारमा प्रत्यक्ष रुपमा कर्जा प्रदान गरिने बताए ।
यस परियोजनामा ५० सहकारीहरु आवद्ध हुने अनुमान गरिएको छ । लक्षित जिल्लाका कम्तिमा चार सय लघु, साना र मझौला उद्योगहरुलाई कर्जा दिने योजना रहेको उनले बताए ।
सक्षम समूहका प्रमुख बलजित बोहोराले दुग्ध विकास संस्थानसँगको सहकार्यमा दुग्ध सहकारी र कृषकलाई लक्षित वित्तीय सेवाहरु प्रारम्भ गरिएको बताउँदै चाँडै एसएमएस सेवामा आधारित ज्ञान र अनुभव वाँडिने जानकारी दिए ।
Post a Comment