गोरखा, साउन ६– ग्रेट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो मातृभूमी ९८।२ मेगाहर्जले तीज पर्वको अवसर पारेर गोरखा कारगारमा रहेका महिला बन्दीहरुलाई दर खुवाएको छ ।गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सञ्चार जगतको काम सामाजिक काम गर्नु रहेको बताउँदै उनले गोरखामा रेडियो मातृभूमीको भूमिका महत्वपूर्ण रहेको बताए । महिला बन्दीहरुलाई आफ्ना दिदीवहिनी सम्झेर दरखुवाउने कार्यक्रम राखेकामा उनले धन्यवाद दिए । कार्यक्रममा नेकपा एमालेका नेता सानुमाया बस्नेत, एकीकृत नेकपा माओवादीका भगवती तिवारी, महिला तथा बालबालिका कार्यालय गोरखाका अम्बिका घिमिरे, प्रहरी नायव उपरीक्षक रमेश थापा लगायतले मन्तव्य राखेका थिए । रेडियो सञ्चालक समितिका अध्यक्ष कृष्ण रानामगरको अध्यक्षतामा कारागार शाखामा भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य सावित्री थापा मगरले गरकी थिइन ।गोरखा कारगारामा १७ जना महिला बन्दीहरु रहेका छन् । रेडियोले महिला बन्दीहरुका लागि खीर तथा तरकारीका लागि आवश्यक सामग्रीहरु प्रदान गरेको गोरखा कारागार प्रमुख मोहन थापाले बताए । तीजको अवसर पारेर रेडियोले भदौ १० गते मंगलबार तीज गीत प्रतियोगिता समेत आयोजना गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment