गोरखा भाद्र ५ –एकीकृत नेकपा माओवादी गोरखा नगरपालिका वडा नं. १० को आज बसेको वडा कमिटी बैठकले पार्टी नीति र विधान विपरित गलत काम गर्ने तीन जनालाई पार्टीबाट अनिश्चित कालका लागि निष्काशन गरेको छ । पार्टी अध्यक्ष रामबहादुर खड्का र सचिव कृष्ण प्रसाद रेग्मीद्वारा हस्ताक्षेरित विज्ञप्तीमा पार्टी हित, नीति र सिद्धान्त विपरित गलत क्रियाकलाप गर्ने देवेन्द्र भण्डारी, मनहरी परियार र पुरुषोत्तम ढकाललाई पार्टीबाट पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको जनाइएको छ । उनीहरुसँग पार्टीसँग सम्बन्धित कुनैमा काम नगर्न समेत आम जनसमुदायमा आग्रह गरिएको छ । 

Post a Comment

 
Top