जेठ ८ – अनिच्छत गर्भ रोक्न पिल्स सेवन गरिरहनुभएको छ रु सावधान भरपर्दो साथीबाटै धोका पाउनुहोला । सरकारले निःशुल्क वितरण गर्दै आएको परिवार नियोजनको अस्थायी साधन पिल्स मापदण्डविपरीत, गुणस्तरहीन र कम मात्राको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा महिलाका लागि निःशुल्क उपलब्ध हुने पिल्स९खाने चक्की० सेवन गरेकाले गर्भ रहँदैन भनेर ढुक्क हुन नसकिने सरकारी प्योगशालाकै अध्ययनले पुष्टि गरेको हो । औषधिक व्यवस्था विभागको प्रयोगशाला परीक्षणमा सरकारले देशभर वितरण गरेको ‘पिल्स’ मापदण्डविपरित र कमसल फेला परेको छ । विभागले देशभर वितरित औषधिको नमुना संकलन गरेर परीक्षण गरेको थियो । तिनै औषधि अहिलेपनि देशभरका स्वास्थ्य संस्थामा वितरण भइरहेका छन् । पिल्सलाई परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन मानिन्छ भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ । साभार रातोपाटी
Subscribe to:
Post Comments (Atom)

Post a Comment