जेठ ७ – पर्वतमा स्थानीय जातका लिमे र पारकोटे भैसी संरक्षण कार्यक्रम सुरु भएको छ । पाडापाडी काट्ने चलनका कारण स्थानिय जात लोप हुँदै गएपछि भैसी संरक्षण कार्यक्रम सुरु भएको हो । स्थानिय जातका भैसी लोप हुँदै गएकोले जिल्ला पशुसेवा कार्यालय पर्वतले उत्तरी पर्वतको लेकफाँट र दक्षिणी पर्वतको रानीपानी गाबिसमा स्थानिय जातका लिमे र पारकोटे जातको भैसी संरक्षण अभियान थालेको हो । स्थानिय जात मध्ये केही जात लोप भैसकेका र केही जात लोप हुने अवस्थामा पुगेका कारण संरक्षण र सम्र्बद्धन गर्न अभियान थालिएको जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख बरिष्ठ पशु चिकित्सक अमृतकुमार मास्केले बताए । यी दुई दुई गाबिसमा कृषक समुह मार्फत उन्नत भैसी र राँगो प्रयोग गर्न नदिई भैसी संरक्षण गर्न कृषक समुह तयार पारिएको उनले बताए ।
‘भैसीका पाडापाडी काट्ने र मासुका लागि थारो भैसी समेत काट्न थालेका कारण स्थानिय जातका भैसी लोप हुन थालेकाले संररक्षण थालेका हौ’ उनले भने ‘यसले भैंसी संरक्षण हुने र कृषकले पनि लाभ लिने गरी ब्यबस्था मिलाएका छौ’ स्थानिय जात हावापानी अनुकुल हुने, रोग संग लड्ने क्षमता हुने भएकाले संरक्षण गर्न जरुरी रहेको बताइएको छ । भैंसी संरक्षणका लागि उन्नत जात प्रयोग नभएको ठाउँ तथा भैंसी पालन गरिएका स्थानमा कार्यक्रम लागु भएको छ । रानीपानीमा ५० जनाको कृषक समुह गठन गरिएको छ भने लेकफाँटमा १ सय भन्दा बढी स्थानिय भैसी संरक्षण गर्न काम अघि बढाइएको छ । ‘गाउँमा लोपउन्मुख भैसी सरक्षणका लागि काम थालेका छौ’ रानीपानीका अनिल मास्केले भने ‘कार्यक्रम प्रति स्थानियबासीमा पनि उत्साह छ’ स्थानिय जातका भैसीले थोरै दुध दिने भएकाले कृषकले पर्याप्त लाभ लिन सक्दैनन तर हावापानी सुँहाउदो र सधै पालिदै आएकाले कुनै समस्या नभएको उनीहरुको भनाई छ । दुध कम दिएपनि परम्परागत रुपमा पालिएका भैसी संरक्षण गर्न कार्यक्रममा लागेका छौ’ लेकफाँटका टुंगनाथ उपाध्यायले भने । एउटा देखि ३, ४ वटा भैसी पाल्ने कृषक समेत समुहमा आबद्ध भएर संरक्षणमा लागेका छन् आजको कारोबार दैनिकमा यो समचार छापिएको छ । साभार रातोपाटि

Post a Comment