जेठ ७ – एमाओवादीका अन्तिुष्ट नेता बावुराम भट्टराईलाई समेटने नामका फेरी १ सय एकाउनन सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।
केन्द्रीय समितिको विस्तारलगायत पदीय भागबन्डालाई लिएर चर्केको झगडा मिलेको छ । पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई पक्षको सम्माजनक उपस्थितिसहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णयपछि सैद्धान्तिक रुपमा आन्तरिक विवाद टुंगिएको छ ।सहमतिको नयाँ प्याकेजअनुसार भट्टराई अब पार्टीको वरिष्ठ उपाध्यक्ष बन्ने भएका छन् । तर पदाधिकारीको कार्यविभाजन अन्तिम टुंगो लगाउन अझै बाँकी छ । बिहीबार बस्ने केन्द्रीय समितिको बैठकमा भट्टराई उपस्थित हुने भएका छन् । विराटनगर सम्मेलनमा महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले आफ्ना दुईतिहाइ सदस्यसहित केन्दीय समितिको प्रस्ताव गरेपछि डा। भट्टराई र उनी निकटका नेताहरु सम्मेलन बहिष्कार गरेर निस्केका थिए । त्यसपछि माओवादीमा आन्तरिक विवाद चर्केको थियो भनेर आजको अन्नपूर्ण पोस्टमा यो समचार छापिएको छ । साभार रातोपाटि

Post a Comment

 
Top