पोखरा उपमहानगरपालिकामा दोस्रो पटक कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका झलकराम अधिकारीले तत्काल सुधारको ३३ बुदे कार्ययोजना सार्वजनिक गरेका छन् ।  पत्रकार सम्मेलन गरी उनले शुक्रवारबाटै लागु हुने गरी तीन महिना भित्र सम्पन्न गर्ने गरी सुधारका कार्ययोजना सार्वजनिक गरेका हुन् । तत्काल सुधारको कार्ययोजना अन्तर्गत उनले भूकम्पपछि रोकिएको नक्सा पासलाई पहिलो प्रथामिकतामा पारेका छन् । उनका अनुसार घर नक्शा शाखा, प्राविधिक शाखा र कर शाखाको पुर्नसंरचना गरीनुको साथै विद्युतिय टोकन सिस्टम जडान गरी करदाता मैत्री संरचना वनाईने उल्लेछ छ । करदाताले तत्काल ब्यबस्थित सेवा पाउने गरी ४५ दिन भित्र यो काम गरिने उनले जनाएका छन् ।  त्यस्तै नक्शा शाखाका सबै घर नक्शाहरुलाई डिजिटलाईज गरि तीन महिना भित्र विद्युतिय अभिलेखमा रुपान्तर गरिने उनको सुधार कार्ययोजनामा उल्लेख छ । पहिलो चरणमा कम्तीमा ५ वडाको घर नक्सा पासलाई पूर्ण अनलाईन सिस्टममा लैजान आवश्यक तयारी गर्ने उनले जनाएका छन् ।  अधिकारीका अनुसार तीन दिन भित्र नगरपालिकामा थपिएका ११ वडामा एकिकृत सम्पत्तीकर संकलनको ब्यबस्था मिलाउने, नगरपालिकाको सुचना ब्यबस्थापन, प्रत्येक शाखाको क्षतिपूर्ति सहित नागरिक वडापत्र तयार गरी दुई महिना भित्र लागू गरिनेछ ।  तालिम गोष्ठीका नाममा होटलमा पैसा खर्च गर्ने प्रबृतिलाई निरुत्साहित गर्दै नगरपालिकाबाट संचालन हुने सबै प्रकारका तालिम, गोष्ठी सञ्चालनको लागि नगरपालिकामा क्षमता विकास केन्द्रको स्थापना गर्ने उनले बताएका छन् ।  यस्तै आगामी एक महिना भित्र नगरपालिकाको सेवा प्रवाह विकास ब्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, ब्यक्ति वा संस्थालाई पुरस्कृत गर्न पोखरा विकास पत्रकारीता पुरस्कारको स्थापना गरी छनोटको मापडण्द तयार गरिने अधिकारीले जनाएका छन् ।  तीन महिना भित्र उप–महानगरपालिकालाई प्लाष्ट्रिक मुक्त क्षेत्र घोषणा गर्ने उनको सुधार योजनामा उल्लेख छ । छाडा चौपाया, नियन्त्रण, फोहोर ब्यबस्थापन, नगर प्रोफाइल, आवाधिक नगर विकास योजना, नगर क्षेत्र ढल गुरु योजना, नगरपालिका यातायात गुरु योजना, भू उपयोग योजनाको निर्माण लगायतका बुदाहरु पनि समेटिएका छन् ।  नगरपालिकामा एनजिओ ठेक्स गठन गर्ने र कार्यक्रम स्विकृत नगर्ने एनजिओसँग कुनैपनि सहकार्य नगर्ने उनले उल्लेख गरेका छन् । फेवाताल फुटट्रयाक तथा साईकल ट्रयाकको सम्भाब्यता अध्ययन, साईकल लेनको कार्यान्वयन तत्कालै सुरु गरिने, फेवाताल वरीपरि सडक सौर्य वत्ती जडान गरिने, हाल निर्माण भएका सौर्यवत्तीको नियमित मर्मत संम्भार गरिने लगायतका काम उनको तत्काल सुधार योजनामा परेका छन् ।

Post a Comment

 
Top