पोखराको मानव अधिकार चोकमा रहेको पोखरा ट्रेड मलमा सुविधा सम्पन्न आरामदायी मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ ।   फिल्म क्षेत्रमा युवापुस्ताको प्रवेश सँगै फिल्मको गुणस्तरमा पनि वृद्धि भइरहेका बेला दर्शकलाई आरामदायी किसिमले फिल्म हेर्ने वातावरण बनाउनका लागि पोखराको पहिलो सुबिधा सम्पन्न मल्टिप्लेक्स सिनेमा हल पोखरा सिने प्लेक्स सिनेमा हल सन्चालनमा आएको हो ।   दुई वटा पर्दा भएको पोखरा सिने प्लेक्स सिनेमा हलमा सिने १ मा ३ सय ६३ सिट क्षमता अर्को सिने २ हलमा २ सय ३१ सिट क्षमता  र  दुबै हल डिजिटल प्रविधि, टुके क्वालीटि र थ्री डि फिल्म पनि हेर्न मिल्ने गरि निमार्ण गरिएको पोखरा सिने प्लेक्स सिनेमा हलका प्रमुख गोविन्द रौनियारले जानकारी दिनुभयो ।   पोखरा सिने प्लेक्स सिनेमा हलमा सुपर आरामदायक सीट, फुल एयर कण्डिशन युक्त हल, नयाँ टेक्नोलोजी, मनोरञ्जनका लागि गेमिङ जोन, फ्री वाईफाई जोन ,मोर्डन फुल सर्भिस ,फुड काउन्टर, ब्यागेज काउन्टर र फोनबाट टिकट रिजर्भेसन बुकिङ सुविधा रहेको सिनेमा हलका प्रमुख रौनियारले बताउनुभयो ।   मल्टिप्लेक्स हलमा चलचित्र हेर्न हिन्दी सिनेमाको लागि ३ सय र ३ सय ५० र अँग्रेजी सिनेमाको लागि ३ सय ५० र ४ सय तिर्नुपर्नेछ । हल सञ्चालनमा आएसंगै दैनिक रुपमा शनिबार ५ शो र अरु बार ४ शो देखाएको छ ।

Post a Comment

 
Top