नेपाल औषधि व्यवसायी सङ्घले आन्दोलनरत समूहले औषधि ढुवानी सहज बनाउने घोषणा गरेको १२ घन्टा बित्न नपाउँदै वीरगन्ज र विराटनगरमा भएको घटना अमानवीय भएको जनाएको छ । सङ्घले वीरगन्जमा औषधि बोकेको ना२ख ८२९२ नम्बरको ट्रकमा भएको आगजनी र विराटनगरमा को१त ७३७९ नम्बरको एम्बुलेन्स तोडफोड भएकामा दुःख व्यक्त गरेको छ । सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले १०० दिनदेखि तराई मधेसमा जारी आन्दोलन र दुई महिनादेखिको अघोषित नाकाबन्दीले काठमाडौँ उपत्यकालगायत देशभर अत्यावश्यक औषधिमा अभाव देखिएका अवस्थामा भएको सो घटना अमानवीय रहेको बताउनुभयो । इन्धन अभाव र ज्यान जोखिममा राखेर पनि औषधि जस्तो मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्तिको सुरक्षा मिलाउन सङ्घले सरकारसँग माग गरेको छ । आगामी दिनमा मानवीय जीवनसँग जोडिएको औषधि आपूर्तिमा ख्यालठट्टा नगर्न आग्रह गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment