लेखनाथ ९ साउन
लेखनाथ ७ तालचोकमा अवस्थीत नेशनल एफ एम ८८.२ मेगाहर्जको आयोजनामा शनिवार वेगनासताल सरसफाई कार्यक्रम सम्पन्न भएको छ । ताल संरक्षणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना गरीएको कार्यक्रममा लेखनाथमा क्रियाशिल विभिन्न संघ सस्थाहरुको सहभागिता रहेको थियो । जलकुम्भीले वेगनासताल ढाक्ने अवस्था र कुरुप वन्दै गएकोले सरसफाई अभियानलाई तिव्र रुपमा लैजानु पर्ने लेखनाथ नगरपालीकाका प्रवक्ता राममणी अधिकारीले जानकारी दिए । करीव २०० जनाको उपस्थीती रहेको कार्यक्रममा लेखनाथ जेसिज, रोटरी क्लव अफ लेखनाथ, लेखनाथ उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट एसोसिएसन अफ लेखनाथ, वेगनासताल डुंगा व्यवसायी समिती लगाएतको सहभागीता रहेको थियो ।
दैनिक रुपमा हावाले कहिले तालको पुर्व र कहिले पश्चिम पुराउने हुनाले जलकुम्भी निकाल्न समेत गाह्रो भएको र यसमा सवैले सहयोग गर्न वेगनासताल डुंगा व्यवसयी समितीका अध्यक्ष ढकनाथ कडेलले जानकारी दिएका छन् । साथै सोही कार्यक्रममा वोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीले वेगनासतालको जलकुम्भी व्यवस्थापन गर्न दिर्घकालनि योजना ल्याउनु पर्नेमा जोड दिए । त्यसै गरी होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष दुर्गा प्रसाद अधिकारीले यसको संरक्षण र संवद्धनको लागि उचित वजेट छुट्टाउन नगरपालीका र कास्की जिविस सँग जोडदार माग गरेका छन् । नेशनल एफ एमका समाचार प्रमुख सन्दिप पौडेलको संयोजनमा सम्पन्न भएको कार्यक्रम एफ एमले ताल सफाई अभियानको रुपमा लैजाने समेत जानकारी दिएका छन् ।

Post a Comment