8
चितवन, असार ३,
पर्यटकीय नगरी चितवनमा नयाँ–नयाँ होटलहरु खुल्नेक्रम जारी छ । यसैक्रममा नारायणगढमा नयाँ होटल खुलेको छ । एसी तथा एसीरहित कोठासहित होटल ग्रान्ड भ्यू आज (विहीबार)देखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो ।
नारायणगढको पोखरा बसपार्कस्थित होटल ग्रान्ड भ्यूको उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष कल्याण जोशीले विहीबार अपराह्न उद्घाटन गरे । मध्यमस्तरका होटल खोज्ने ग्राहकलाई केन्द्रित गरी १८ वटा कोठासहितको होटल सञ्चालनमा ल्याइएको सञ्चालक राजु श्रेष्ठले जानकारी दिए ।
उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार सुविधा सम्पन्न होटलमा एसीसहितको कोठा कम दरमै उपलब्ध गराइने छ । उनले एसीसहितको कोठा १५ सय र एसीरहित कोठा १ हजार रुपैयाँमा उपलब्ध गराइने छ । होटलमा १० वटा एसीसहित र ८ वटा एसीरहित कोठा छन् । होटलमा ७५ जना अटाउने एसीसहितको हलपनि उपलब्ध छ ।

Post a Comment

 
Top