३ असार, काठमाडौं । भूकम्प पीडित नेपालीको सहयोगको लागि प्रभु बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १लाख रुपैया सहयोग गरेको छ । बिहीबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष देविप्रसाद भट्टचनले प्रधानमन्त्री सुशील कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् । यस्तै प्रभु ग्रुपले १ करोड रुपैयाँ प्रदान गरेको छ । बैकका अध्यक्ष देविप्रकाश भट्टचनले सहयोग रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे । भेटमा प्रभु समूहका विनोद थकाली, रामेश्वर सापकोटा, कुसुम लामा र ध्रुवचन्द्र धिताल पनि उपस्थित थिए । प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भूकम्प पीडित नेपालीको सहयोगार्थ संबन्धित निकायमको अनुमति लिएर खोलिएको खातामा विभिन्न दाताहरुबाट संकलित १ करोड ८ सय ४७ रुपैया ८० पैसाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् । सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले राहत रकम र सामग्रीको सदुपयोग होस भनेर आफू लागि रहेकोे बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment