लेखनाथ,६ असार
लेखनाथ नगर क्षेत्र भित्र रहे
का फर्निचर तथ फर्निसिङ ब्यवसायीहरुको साझा सस्था फर्निचर व्यवसायी संघको प्रथम साधारण सभा सनिबार सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन गर्दै जिल्ला बन कार्यलय कास्कीका प्रमुख प्रभात सापकोटाले बन क्षेत्रबाट उत्पादित बस्तुको सहि परिचालन हुन सके देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने धारणा राख्दै नेपालको लागि आवस्यक पर्ने काठबाट आत्मनिर्भर हुनु सक्नेमा जोड दिएका थिए।
सरकारले न्याएको सामुदायीक बनको अवधारणबाट नेपालको बन क्षेत्र ३९प्रतिशतबाट ४४ प्रतिशत पुगेकाले बन क्षेत्रबाट उत्पादीत वस्तुहरुबाट नेपाल आत्मनिर्भर हुन सक्छ उनको भनाई थियो।
लेखनाथ फर्निचर व्यवसायी संघका अध्यक्ष नेत्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बावुराम गीरि,प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,मानब अधिकारकर्मी एल के शर्मा,लेखनाथ कुटानी पिसान व्यवसायी समितीका अध्यक्ष रामजी पौडेल,लेखनाथ हाडबर्यस एसोसियसनका सल्लाकार भत्तबहादुर केसी,नेपाली काग्रेस लेखनाथ नगर समितीका सभापति राजेन्द्रमणि लामिछाने,नेकपा एमाले लेखनाथ नगर अध्यक्ष मोहन गुरुङ,एकिकृत नेकपा माओबादीका हरि लामिछाने,राप्रपाका नगर अध्यक्ष हेमबहादुर हमाल लगाएतले निर्भाहा मुखी ब्यवसायलाई समयानुकुल परिवर्तन गर्दै ब्यवसायीक उत्पादनलाई प्रथामीकता दिनुपर्नेमा धारणा राखेका थिए।
व्यबसायी समितीका सल्लाकार महेश्वर आचार्यले संघको बर्तमान अबस्था र भाबी योजनाका बारेमा जानकारी गराएका थिए भने उपाध्यक्ष रमेश पौडेलले स्वागत र सदस्य अमृत सापकोटाले कार्यक्रम संचालन गरेका थिए।
सोही भेलाले आगामी दुई बर्षका लागि नेत्र पुनको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ जसको उपाध्यक्षमा रमेश पौडेल,सचिबमा यज्ञ बहादुर गुरुङ,कोषाध्यक्षमा रविन सुनार र सह सचिबमा सतेन्द्रकुमार दासलाई चयन गरेको छ भने समितीको सदस्यमा पुरन घले,पद्म विक,डिलबहादुर विक,दिपक विक,सुर्य सुवेदी र रन बहादुर गुरुङ रहेका छन्।
Post a Comment