गोरखा भाद्र ५ –विभिन्न जिल्लामा महिलाहरुले घरेलु हिंसाको मुद्धा दर्ता नगर्ने बरु हिंसा सहेरै बस्ने गरेको पाइए पनि गोरखामा भने घरेलु हिंसाको विरुद्धमा मुद्धा दर्ता गर्नेको संख्यामा बृद्धि भएको छ । आर्थिक बर्ष २०७०÷७१ मा गोरखामा घरेलु हिंसाको विरुद्धमा १ सय ८ ओटा उजुरी परेका जिल्ला प्रहरी कार्यालयको महिला सेलको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक बर्षको तुलनामा उजुरी गर्नेको संख्या धेरै हो । आर्थिक बर्ष २०६९÷०७० मा ९९ सय ओटा उजुरी दर्ता भएको थियो । जसमध्ये ७३ उजुरी मिलापत्र भएको थियो । १६ ओटा उजुरी माथी भने सुनुवाई भएको थिएन ।
आर्थिक बर्ष २०७०÷०७१ मा उजुरी परेका १ सय ८ उजुरी मध्ये ६३ वटा मिलापत्र भएको छ । ३२ उजुरी भने कार्यालयमा छिनोफानो नभएको कारण अदालत पठाइएको महिला सेलकी कर्मचारी निर्मला कुमारी श्रेष्ठले बताउनुभयो । १३ वटा उजुरी भने सुनुवाईका लागि बाँकी रहेको छ ।
यसैगरी गोरखामा आर्थिक बर्ष २०७०÷०७१ मा अघिल्लो आर्थिक बर्ष २०६९/०७० को तुलनामा सम्वन्ध विच्छेद गर्ने जोडिको संख्यामा बृद्धि भएको छ । आर्थिक बर्ष २०६९÷०७० मा सम्वन्ध विच्छेदका लागि १० ओटा मुद्धा अदालत पठाएकोमा आर्थिक बर्ष २०७०/०७१ मा ३२ मुद्धा सम्वन्ध विच्छेदका लागि जिल्ला अदालत पठाइएको महिला प्रहरी सेलको तथ्याङ्कमा उल्लेख छ ।

Post a Comment