बैशाख३०
बैशाख ३० - पेशाले बैंकर भए पनि गोविन्दप्रसाद उपाध्याय अचेल गितकारकै रुपमा बढी चिनिन थालेका छन् । एपेक्स डेभलेपमेन्ट बैंकका सिईओ उपाध्यायको गत वर्ष बजारमा आएको एल्बम ‘सत्यता’ कुन हदसम्म चर्चित भयो भने उनी अब ‘सत्यता–२’को तयारीमा जुटेका छन् । संगीतकार हरि लम्सालको संगीत र उपाध्यायको शब्दलाई संगीत संयोजन गर्न यतिबेला किरण कँडेल र महाराज थापा जुटीरहेका छन् । उपाध्यायले लेखेको र ‘सत्यता’ एल्बमको गीत ‘कहिले मिलन कहिले बिछोड’ यो वर्ष निकै चर्चित रह्यो । अञ्जु पन्तको स्वरमा सजिएको यो गीत सहज, सरल र श्रोताको जिब्रोमा झुण्डीने खालको भएकाले बढी रुचाइएको उपाध्यायले बताए । यो गित र उनको पहिलो एल्बमले वर्षभरी विभिन्न म्युजिक एवार्ड पाइरहे । स्टार एफएम र योङ माइन्डस् अवार्डमा सवोत्कृष्ट सुगम संगीत एल्बमको उपाधी पाएको ‘सत्यता’ फेरी अर्को म्युजिक अवार्डसमा मनोनयनमा परेको छ । यसबाट उपाध्याय दंग छन् ।
तेश्रो म्युजिक खबर म्युजिक अवार्ड–२०१४ को उत्कृष्ट एल्बममा ‘सत्यता’बाट पाँच विधामा मनोनयन परेको छ । जस अनुसार सवोत्कृष्ट सुगम संगीततर्फ गीतकारमा गोविन्दप्रसाद उपाध्याय ९कहिले मिलन कहिले विछोड० मनोनयनमा परेको छ । यही गितले उत्कृष्ट सुगम संगीत, सर्वोत्कृष्ट सुगम संगीत गायीकामा अञ्जु पन्त मनोनयनमा परेकी छन् । सर्वोत्कृष्ट सुगम संगीत एल्बम ‘सत्यता’ नै परेको छ भने सर्वोत्कृष्ट मिक्सीङमा पनि यही गितबाट महेश्वर राजभण्डारी मनोनयनमा परेका छन् । सत्यता एल्बमकै सर्वोत्कृष्ट पप संगीतमा ‘पानी पानी’का लागि विसन मानन्धर मनोनयनमा परेका छन् ।
यसरी एउटै एल्बमबाट पाँच वटा विधामा मनोनयनमा परेकोमा गीतकार उपाध्याय श्रोता, अवार्डस् आयोजनक र एल्बममा सहभागी सबैलाई धन्यवाद दिएका छन् । बैंकको कामबाट यसो फुर्सद निकालेर कोरेका गितहरु श्रोताले मन पराएकोमा उनी दंग छन् । भन्छन, ‘गित लेख्न पाए मलाई केही चाहिदैन । किनकी गित लेख्दा मलाई आत्मीक आनन्द आउँछ ।     साभार रातोपाटी

Post a Comment

 
Top