जेठ ७ – बोक्सीको आरोपमा एक युवकले आफ्नै ठूलीआमाको हत्या गरेका छन् ।
फर्पिङको सेतीदेवी बस्ने २२ वर्षीय राजेन्द्र मगरले ५२ वर्षीया ठूलीआमा मैना मगरलाई काठले टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार उनले ठूलीआमाकै आँगनमा हत्या गरेका हुन् । ठूलीआमा डोरी बुनेर बसेका बेला पशु बाँधने काठको किलाले टाउको नै क्षतविक्षत हुने गरी उनले हानेका थिए ।
ऋणमा फसेका उनले ठूलीआमाकै कारण आफ्नो काम सफल नभएको आरोप लगाई हत्या गरेका हुन् । हत्यापछि जंगलतर्फ भागेका उनलाई दुईदिनपछि प्रहरीले पक्राउ गरेको छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ । साभार रातोपाटि

Post a Comment