प्रेम कथा नै चलचित्रको मुख्य सार हो । बिहे गर्न नमानेर काठमाडौबाट भागेर कागबेनी जाँदै गरेकी गीत र काम विशेषका कारण मुक्तिनाथ हिडेको प्रेमको बिच बाटोमा हुने भेटले चलचित्रलाई अगाडि बढाउँछ । एकसाथ कागबेनीमा रहँदा बस्दा पलाउने माया, परिवारको अवरोधले उत्पन्न हुने समस्यामा यो चलचित्र घुमेको छ । अब, प्रेम र गीतको मिलनका लागि उनीहरुको परिवार अवरोध बन्छ या बन्दैन, उनीहरुको प्रेम सफल हुन्छ या असफल, यसका लागि दर्शकले हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ । संगीतकार अर्जुन पोख्रेलले उनको अहिलेसम्मकै करिअरमा अब्बल संगीत दिएका छन्, जसलाई चलचित्रको उच्च प्रमोशनले साथ पनि दियो । चलचित्रको शर्ष गीत सर्वाधीक रुचाइएको छ र राम्रो पनि छ ।
चलचित्रको अर्को सबल पक्ष यसको छायांकन हो । चलचित्रलाई कागबेनी, मुक्तिनाथ, पोखरा र काठमाडौंमा खिचिएको छ । खिचाइमा छायांकार राजेश श्रेष्ठले आँखा शीतल बनाउने काम गरेका छन् । नेपालमा पनि यति रमणीय र लोभलाग्दा स्थान छन् भन्ने कुरा यो चलचित्र हेरेपछि थाहा हुन्छ ।

Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.