चीनले नेपाललाई १४ लाख लिटर इन्धन अनुदान दिने
चीनले नेपाललाई फेरि १० मिलियन आरएमबी ९चिनियाँ मुद्रा० बराबरको १४ लाख लिटर इन्धन अनुदानमा दिने सहमति भएको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बताएका छन् । आफ्नो चीन भ्रमण पूरा गरी फर्किएका थापाले त्रिभुवन विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै यो सहयोगबारे बताएका हुन् । चीनले यसअघि पनि नेपाललाई यति नै मात्रामा इन्धन अनुदान दिएको थियो । उनले आफ्नो भ्रमण सफल रहेको बताउँदै २०१६ को सुरुतिरै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने कार्यक्रम बनेको पनि बताए । बर्षको सुरुमै प्रधानमन्त्रीले चीनको भ्रमण गर्नुहुनेछ, अरु धेरै सहमति सम्झौता त्यसै बेला हुनेछन् ।’ नेपालले चीनसँग पेट्रोलियमको कारोबारको सम्झौता पनि प्रधानमन्त्रीकै भ्रमणमा हुने उनले बताए ।
29
Dec
2015
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.